लामो समयपछि कर्मचारीको तलब बढाउदै एन्फा

काठमाडौं । लामो समयपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्मचारीको तलब १० देखि २० प्रतिशतसम्म बढाउने तयारी गरेको छ ।

एन्फा स्रोतका अनुसार नोबेल कोरोना भाइरसको महामारीका बीच पनि एन्फाले केही दिनभित्रै बस्ने केन्द्रीय कार्यसमिति बैठकले कर्मचारीको तलब बढाउने तयारी गरेको हो ।  यसअघि एन्फामा कर्मचारीको तलब बढाउन कर्मचारीले नै दबाब दिँदै आएका थिए ।

कर्मचारीले साउनदेखि नै तलब बढाउन अध्यक्षलाई दबाब दिए पनि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसक्दा कर्मचारीको तलब बढ्न सकेको थिएन।

 

 

 

प्रतिक्रया दिनुहोस्