जाजरकोटमा कार्यक्षेत्रमै एक वडा सचिवको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ ।  कार्यक्षेत्रमा काम गरिरहेको समयमा आज बिहान उनको मृत्यु भएको हो ।

रुकुम (पश्चिम) मुसीकोट नगरपालिका–१३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत थिए ।  एक सातादेखि उनलाई निरन्तर ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिए ।

मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्