कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु ,मृत्यु हुनेको संख्या ३७९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मंगलबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

 

 

 

One thought on “कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु ,मृत्यु हुनेको संख्या ३७९ पुग्यो

प्रतिक्रया दिनुहोस्