सिरहामा निःशुल्क मास्क बैंक स्थापना

सिरहा । जिल्लामा समुदायस्तरमा कोरोना भाइरस (कोभिड -१९ )को संक्रमण र जोखिम न्यूनीकरण गर्नका लागि सिरहामा निःशुल्क मास्क बैंक स्थापना गरिएको छ।

कोरोना भाइरस (कोभीड १९ )को जोखिमबाट जोगिन मास्क अनिवार्य लगाउनु पर्ने भएपनि अधिकांस नागरिकले मास्क प्रयोग नगरेकोले अनिवार्य मास्क प्रयोग गराउन सिरहा नगरपालिकाको सीमावर्ती क्षेत्र माड़रमा उक्त निःशुल्क मास्क बैंक स्थापना गरेको हो।

कोही नछुटौ कोही नचुकौं” नहुनेले लिनुहोस हुनेले दिनुहोस” भन्ने मुलनारा सहित मास्क बैंक स्थापना गरिएको युवा अभियन्ता शशि कुमार मण्डलले जानकारी दिए। कोरोना संक्रमणबाट जोगिन मास्क अनिवार्य भएपनि लकडाउन खुकुलो भएसँगै यहाँका बजार र घर बाहिर निस्कने अधिकांस सर्वसाधारणले मास्क प्रयोग नगरेको र जसका कारण व्यक्ति स्वयंम आफै संक्रमणको जोखिममा रहने गरेकोले अरुलाई पनि जोखिम पॉर्न सक्ने संभावनालाई मध्यनजर गरि प्रत्येक व्यक्तिले मास्क अनिवार्य प्रयोग गरियोस भन्ने उद्देश्यका साथ मास्क बैंकको स्थापना गरिएको मण्डलले बताए ।

युकेएडको अर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको सहकार्यमा समग्र जनउत्थन केन्द्रद्वारा संचालित सहज परियोजना अन्तरगत कोरोना भाइरस महामारी तथा लैंगिक हिंसा विरुद्ध सचेतना अभियानका लागि युवा अभियानमार्फत सिरहा युथ नेपालको आयोजनामा मस्क बैंक संचालन गरिएको सहज परियोजना व्यवस्थापक कृष्ण साहले जानकरी दिए ।

नेपाल सरकारले प्रत्येक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न अनिवार्य मास्क प्रयोग गराउन प्रत्येक जिल्लामा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएपनी त्यसको सहि पालना भएको देखिदैन युवा अभियन्ता तथा सिरहा युथ नेपालकी सचिव दिव्या कुमारी यादवले भन्छिन कोरोना संकटमा अधिकांसको रोजगारी खोसीएको छ ,यसको मुख्य चपेटामा पर्ने मजदूर विपन्न तथा महिलाहरु पर्ने गरेको’ पाइएको छ सरकारले माक्स प्रयोग नगर्नेलाई सय रुपैयाँ जरिवान काट्नु उपयुक्त देखिदैन ।

 

 

 

प्रतिक्रया दिनुहोस्