जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कैलाली । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बझाङ बित्थडचिर गाउँपालिका-२ बस्ने ३५ वर्षीय कलक बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

बोहोरामाथी धनगढी उपमहानगरपालिकामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाको छ ।

बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ । बिहीबार दिउँसो बोहराले ती महिलाको कोठामा गई धाकधम्की दिई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरी अनुसन्धान सुरु गरेकाे छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्