हुम्लाका किसानलाई कोदो टिप्न भ्याइनभ्याइ

सिमकोट । हुम्लाका किसानलाई यतिबेला कोदो टिप्न भ्याइनभ्याइ छ । चैत्र महिनामा छरेको कोदो पाकेपछि किसानलाई टिप्ने चटारो सुरु भएको हो ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का दानसिंह रावलले कोदो पाकेपछि किसानलाई टिप्ने चटारो सुरु भएको बताए । विगतमा भन्दा यसवर्ष केही समय अगाडी पाकेको हुँदा सयममै कोदो टिप्ने चटारो सुरु भएको हो । हुम्लाको मुख्य बालीभित्र पर्ने कोदो टिप्नका लागि किसानलाई बिहानबाट बेलुकासम्म भ्याइनभ्याइ छ ।

यसपाली उत्पादनमा समेत बृद्धि हुने किसानहरुले बताएका छन् । विगतमा असोजमा पाक्ने कोदो यसपाली चाँडै पाक्नुमा मौसममा आएको परिवर्तन मुख्य कारण भएको कृषि प्राविधिक अजुर्न रोकायाले बताए ।

अर्को, कुनै रोग किरा नलाग्नु र बेला बेलामा पानी परिरहेको कारण कोदो राम्रो फलेको कृषि प्राविधिकको भनाइ छ । हुम्ला जिल्लाका सात वटै गाउँपालिकामा कोदो बाली फल्ने गर्छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्