ललितपुरमा कोरोना संक्रमित ६६ वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६६ वर्षीया महिलाको मृत्यु  भएको हो ।

मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीया वृद्धा महिला रहेकी छन् । ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन ।

ती संक्रमित महिलाको उपचारका क्रममा बिहिवार मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले एक सूचना प्रकाशन गरेर जानकारी दिएको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्