भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ७ सय ९३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएका छन । विभिन्न तथ्यांक निकाल्ने वल्डोमिटर्सले जनाए अनुसार भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख १२ हजार ६ सय ८६ पुगेको छ ।

त्यस्तै भारतमा एकैदिन ११ सय ७४ जनाले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएका छन् । यसरी भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ८४ हजार ४ सय ४ पुगेको छ ।

भारतमा संक्रमित ४१ लाख ५० हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन् भने १० लाख १८ हजार ४ सय ५४ जना उपचारत छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्