पत्रकार निर्मला पहराइ मृत फेला

सुखड,कैलाली । कैलालीमा कार्यरत एक पत्रकार मृत अबस्थामा फेला परेकी छिन्। जिल्लाको घोडाघोडी नगरपालिकामा २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन्।

घोडाघोडी नगरपालिका वडा नम्वर ४ घर भएकी पहराइ जिल्लाको कैलाली एफएम सुखडमा कार्यरत थिईन्।पहराई वडा नम्वर ५ मा मृत फेला अबस्थामा भेटिएकी सुखडबाट पत्रकार इन्दु केसीले जानकारी दिईन ।

यता इलाका प्रहरी कार्यालय सुखडले भने पहराइ २१ गतेबाट सम्पर्क विहीन भएको र आज मृत अबस्थामा भेटिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको र थप अनुसन्धान भईरहेको जानकारी दिए।

तीन दिनअघि घरबाट सुख्खड जान्छु भनि हिडेकी उनी त्यसयता सम्पर्क बिहिन थिईन्।

 

 

 

प्रतिक्रया दिनुहोस्