गणेशमान सिंह स्मृति तथा संविधान दिवसका अवसरमा तरुण दलद्वारा बौनियामा रक्तदान

गोविन्द बीसी बौनिया । कैलालीको बौनियामा नेपाल तरुण दल क्षेत्र नम्बर २ क्षेत्रीय समितिको आयोजनामा रक्तदान सम्पन्न भएको छ । नेपाली कांग्रेसका सर्वमान्य नेता लौहपुरुष स्वर्गीय गणेशमान सिंहको २३ औं स्मृति दिवस तथा संविधान दिवसका अवसरमा तरुण दलले खुल्ला रूपमा रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल तरुण दल क्षेत्र नम्बर २ का अध्यक्ष दिनेश भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संविधान सभाका पूर्व सदस्य मानबहादुर महतो रहेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका युवानेता तथा महासमिति सदस्य कमलबहादुर शाह, महासमिति सदस्य दलवीर साउँद, पूर्व महासमिति सदस्य घनश्याम जोशी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भक्तबहादुर थापा, पूर्व क्षेत्रीय सभापति देवानन्द जैशी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि टेकबहादुर नाम्जाली, लम्कीचुहा नगरका सभापति रामबहादुर बिष्ट, बर्दगोरिया गाउँपालिका सभापति गणेश शाही, नेपाली कांग्रेसका नेता तथा आमन्त्रित कैलाली सल्लाहकार खडानन्द सापकोटाको सहभागिता रहेकोे थियो ।

त्यस्तै, युुवानेता टेकराज कठायत, महिला नेतृहरू सुशीला शाही, शुसिला रेग्मी, रंगा भट्टराई, देवकी कार्की, बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ की वडाअध्यक्ष श्यामकुमारी चौधरी, लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भक्तबहादुर चलाउने, वडा नम्बर ६ का अध्यक्ष नेत्र सुनाखरी मगर, बीपी कोइराला युवा नेतृत्व विकास मञ्चका अध्यक्ष जुगराम चौधरी, लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा विद्यार्थी नेता ललित जैशी, विद्यार्थी नेता नारायण प्याकुरेल लगायत नेपाली कांग्रेसका नेताहरू, नेपाल तरुण दल, महिला संघ, नेपाल विद्यार्थी संघ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कुल १ सय ७ जनाले रक्तदान गरेको नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष दिनेश भण्डारीले जानकारी दिनुभयो । कार्यक्रमको संचालन बर्दगोरियाका युवा नेता शङ्कर खतिवडाले गर्नुभएको थियो ।

 

 

 

प्रतिक्रया दिनुहोस्