अमेरिकामा कोरोनाबाट दुईलाख ३ हजारको मृत्यु ,१४ हजारको अबस्था गम्भीर

काठमाडौँ । कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ ।

आइतबार थप ४२ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६९ लाख ६७ हजार ४०३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख २३ हजार ६९३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍३९ हजार ८४६ जनामध्ये १४ हजार ८४ जनाको अवस्था गम्भीर छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघेको छ । आइतबार थप ६५७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख ३ हजार ८२४ पुगेको हो ।

 

 

 

प्रतिक्रया दिनुहोस्