भरतपुर क्यान्सर अस्पतालका कर्मचारी मृत अबस्थामा भेटिए

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् ।

मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हुँदै बगेको नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताए ।

 

 

 

प्रतिक्रया दिनुहोस्