आन्तरिक उडानको भाडा नबढ्ने !

काठमाडौं । आन्तरिक हवाई सेवामा अब भाडा नबढ्ने भएको छ । वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सरकारले अनुमति दिएसँगै आन्तरिक हवाई उडानमा भाडा नबढ्न् भएको हो ।

तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको भन्दै पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने बताइएको छ ।  मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक  हवाई उडान गर्नुपर्ने छ ।

यसका अलवा अब आन्तरिक हवाई यात्राका लागि यात्रुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लिरेसन फारम भर्नु पर्नेछ । यस्तो फारम सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनु पर्छ । यात्राका क्रममा सबै यात्रुले मास्क लगाउनु पर्नेछ ।

 

 

 

प्रतिक्रया दिनुहोस्