१२ वर्षीया बालिकालाई धामीले तातो पन्यूँले डामेपछि ……..

काठमाडौं । काठमाडौंमा १२ वर्षीया बालिकालाई धामीले तातो पन्यूँले डामेका छन् । झारफुक गर्ने क्रममा बालिकालाई धामीले तातो पन्यूँले डामेका हुन् ।

कीर्तिपुरस्थित चोभारमा १२ वर्षीया बालिका प्रमिला शाहीलाई स्थानीय धामीले तातो पन्यूँले डामेर गम्भीर घाइते बनाएका हुन् ।  पन्यूँले घाँटीमा डामिएकी ती बालिकाको कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

असोज १ गते झारफुक गर्ने क्रममा बालिकालाई धामीले पन्यूँले डामेको प्रहरीले जानकारी दिएको छ । २६ वर्षीय धामी किशोर शाहीलाई आइतबार पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिं राठौरले बताए ।

 

 

 

प्रतिक्रया दिनुहोस्