लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिलाई राहात वितरण

सिरहा । लकडाउनको कारण रोजगारी गुमाएका यौनिक लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई जीवन ज्योति समाज लहानद्धारा राहत वितरण गरिएको छ।

सिरहाको विभिन्न ठाँउका फरकक्षमता भएका परिवारलाई राहत वितरण गरिएको हो । बिश्वमाहारीको रूपमा फैलिएको कोरोना भाईरसको प्रकोप नेपालमा पनि देखिएकोले नेपाल सरकारले कोरोना भाईरसको संक्रमित एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन चैत ११ गते देखि नेपालमा बन्दा बन्दी अर्थात देशभरी लकडाउनको घोषणा गरीएको थियो ।

यो समयमा आर्थिक रुपले कमजोर, गरीब ,बिपन्न परिवार र समाजबाट अपहेलित शारीरिक रुपमा फरक क्षमता भएको यौनिक लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरु बिगत करीब ६ महिना देखि रोजगारी गुमाएका छन्। उनिहरुको घर परिवार चलाउन समस्या भएको छ्।उनिहरुको समस्याको मध्य गर्दै मनकारी युवाहरुको संस्था जीवन ज्योति समाज लहानले राहत बाडेको हो ।

यौनिक लैङ्गिक अल्पसंख्यक समुदायका ५ जना परिवारलाई राहत वितरण गरेको सस्थाले जनाएक छ । राहत सामग्रीमा १ बोरा चामल ,हात धुने साबुन १ पिस , ब्रस , तुथपेस्ट ,सेनिटाईजर,टवाईलेट प्रयोजनको लागि हर्फिक,फिनाईल,लगायतका सामग्रीहरु वितरण गरेका हुन् ।

साथै निल हिरा समाज (BDS) केन्द्रिय कार्यालय काठमाडौंका पदाअधिकारी उमेश श्रेष्ठको पहल र जीवन ज्योति समाजको अगुवाईमा ५ जना गरी जम्मा १० जना यौनिक लैङ्गिक व्यक्तिलाई राहात सामग्री वितरण गरिएको समाजका लहानका कार्यालय प्रमुख लक्ष्मेश्वर प्रसाद यादवले जानकारी दिए ।

लामो समयपछि राहत पाउँदा पीडितले खुशी व्यक्त गर्दै राहत दिने व्यक्ति र संस्थालाई धन्यवाद दिएका छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्