हिड्दा हिड्दै बाटोमा बेहोस भएका डाक्टरमा कोरोना पुष्टि

विराटनगर । एक्कासि बेहोस भएका विराटनगरका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । बाटोमा हिँड्दा-हिँड्दै बेहोस भएका कोशी अस्पताल विराटनगरमा कार्यरत चिकित्सक विनोद बिराजीमा कोरोना पुष्टि भएको हो ।

शनिबार साँझ सडकमा हिँड्दै गर्दा कोशी अस्पतालनजिकै बेहोस भएका उनलाई उपचारका तत्कालका लागि कोशी अस्पतालको इमरजेन्सी हुँदै आइसियुमा भर्ना गरिएको थियो । मस्तिष्कमा पनि समस्या देखिएकाले थप उपचारका लागि उनलाई उपचारका लागि भारततर्फ लागिएको छ ।

कोशी अस्पतालका अनुसार उनलाई आइतबार नै भारततर्फ लगिएको हो । डाक्टर बिराजीलाई संक्रमण देखिएसँगै कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ३१ पुगेको छ । तीमध्ये अधिकांश संक्रमणमुक्त भएका छन् । रासस

 

 

 

प्रतिक्रया दिनुहोस्