पछिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार १५४ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार २७६ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ । हाल संस्थागत आइसोलेसनमा ८ हजार ९२१ जना रहेका छन् ।

साथै ९ हजार ५२२ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । आज १ हजार ५ जनाले कोरोना जितेका छन् भने हालसम्म ४७ हजार २३८ पुगेकाे छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्