सिन्धुपाल्चोकमा मंगलादेवी स्मृति प्रतिष्ठानद्वारा २८ बाढी पहिरो पीडितलाई खाद्यान्न सहयोग

काठमाडौ । नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्व. मंगलादेवी सिंहको स्मृतिमा गठित मंगलादेवी स्मृति प्रतिष्ठानले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा न ७ का २८ बाढी पहिरो पीडित घरधुरीलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

नेपालमा जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भुमिका खेल्दै २००७ सालको राणा बिरोधि क्रान्तिमा महत्वपूर्ण भूमिका निवाह गर्दै नेपाली नारीहरुको अगुवा भई राजनैतिक परिवर्तनको क्षेत्रमा नारीहरुको महत्वपूर्ण स्थान सिर्जना गर्न सफल व्यक्तित्व समेत रहेकी सिंहको स्मृतिमा बाढी पीडितको राहतका लागि प्रतिष्ठानलाई नेपाल ताईवान संधले सहकार्य गरेको थियो । उक्त कार्यक्रममा भोलेन्टियरिङ्गको जिम्म भने किङ्गकम स्पोर्ट्स क्लबले लिएको थियो ।

कार्यक्रम संस्थाकी महासचिव एवम् काठमाडौं महानगरपालिकाका उपप्रमुख तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ तथा नेपाल ताइवान संघका केदारमान सिंह तथा सुबोध प्रशाद प्रधानज्यु लगायत नेपाली काङ्ग्रेसका नेतृ तथा उक्त कार्यक्रमका संयोजक रमिला श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाली युवाका आवाजका अध्यक्ष तथा युवा समाजसेवी पत्रकार स्वर्ण बिक्रम शाह र भोलेयरन्टिङ्गमा पुरानो बानेश्वर, भिमसेनगोला अवस्थित किङ्गकम क्लबका अध्यक्ष राजेश गुरुङ्ग र सचिब भरत गिरी तथा सदस्य जय प्रकाश थुलुङ्ग ज्युहरुको पनि उपस्थिति थियो ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा न ७ मा गएको बाढी पहिरोमा परेका पिडितहरुका २८ घरपरिवार सहित पहिरोमा पारिवारिक सदस्य र अभिभावक गुमाएका पिडितलाइ खाद्यान्न लगायतका सामाग्री वितरण गरिएको कार्यक्रमका संयोजक रमिला श्रेष्ठले जानकारी दिनुभयो ।

विक्रम सम्बत २०७२ सालमा पनि यस स्थानमा प्रतिस्ठानले सहयोग गरेको र अहिले पनि सहयोग गर्न पाएकोमा पिडितहरुको दुखले चर्चराई रहेको घाउमा खलिकति भएपनि सहानुभूतिको मलम लगाउन पाएकोमा आफुलाई हृदय देखि खुशी लागेको संस्थाकी महासचिव एवम् काठमाडौं महानगरपालिकाका उपप्रमुख तथा उपमेयर हरिप्रभा खड्गीज्यूले बताउनु भयो ।

कोरोना तथा बाढी पहिरोले महा बिपदमा यसरी खाद्यान्न लगायतका समाग्री प्राप्त गरेकोमा त्यहाँका पिडितहरुको मुहारमा केहि आशाको खुसी देखिएको सामाजिक कार्य तथा जन सहय‍गमा अग्र स्थानमा रहेको किङ्गकम क्लबका अध्यक्ष राजेश गुरुङ्गज्यूले बताउनु भयो ।

 

 

 

प्रतिक्रया दिनुहोस्