आन्तरिक पर्यटनको आकर्षक गन्तव्य आमपानी पिक्निक स्पोर्ट्समा सरसफाइ

बौनिया, कैलाली । आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बनेको कैलालीको मोहन्याल गाउँपालिकामा पर्ने आमपानी पिकनिक स्पोर्ट्समा सरसफाइ गरिएको छ । हाम्रो “छोरीका लागि छोरी” नै संस्था र सेती कर्णाली कम्प्युटर ट्रेडिङ सेन्टरको संयुक्त आयोजनामा स्पोर्ट्स परिसरमा सोमबार सरसफाइ गरिएको हो ।

पछिल्लो समय उक्त क्षेत्रमा दैनिक जसो सैयौको सङ्ख्यामा मानिसहरु पिकनिक जाने र रमाइलो गर्ने गरेका छ्न । कोरोना महामारीका बेला समेत उक्त क्षेत्रमा घुमफिर गर्न,पिकनिक खान जानेको बाक्लो उपस्थिति देखिन्थ्यो ।

बातावरणिय सौन्दर्यता र प्रकृतिको अनुमन खानी मानिएपनि राज्यले उचित व्यवस्थापन गर्न नसकेको आमपानी पिक्निक स्पोर्ट्स पछिल्लो समय आन्तरिक पर्यटकको लागि रोजाइको पहिलो स्थल बन्न थालेको छ ।

आन्तरिक पर्यटकको बाक्लो उपस्थितिले हुने र वातावरणिय असरलाई मध्यनजर गरि सोमबार पनि यहाँ सरसफाइ गरिएको आयोजकको भनाई छ । लामो समयदेखिको ओझेलमा पारिएको उक्त पर्यटकीय गन्तव्यलाई राज्यले उचित तवरले ध्यान दिन आवश्यक रहेको स्थानीयको भनाई छ ।

(तस्बिर निलम शर्माको फेसबुकबाट )

 

 

 

प्रतिक्रया दिनुहोस्