हिन्दु धर्म र राजसंस्थाका निम्ति गोदावरीका दुई स्थानमा राखियो १०८ फिट अग्लो त्रिशुल

अत्तरिया,कैलाली । वैदिक सनातनि हिन्दु धर्मको पहिचान ,संरक्षण र सम्वर्दनका लागि कैलाली जिल्लाका दुईवटा स्थानमा ४२ फिट अग्लो त्रिशुल राखिएको छ । जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत गोरखधुना र स्याउले बजारमा उक्त त्रिशुल राखिएको हो ।

नेपालको सनातनि धर्मको संरक्षण ,यसको पहिचान पर्वदन र सर्वधर्मको संरक्षकत्वको लागि देशमा राजसंस्थाको अनिवार्य आवस्यकता दर्शाउन त्रिशुल राखिएको बताईएको छ ।

काठमाडौ निवासी समाजसेवी बन्दना राणाको सयोगमा खुटिया र स्याउले बजारमा त्रिशुल राखिएको स्थानीय दिनेश बमले बताए । हिन्दु धर्मको संरक्षण गरौ, यसको पहिचान र अस्तित्व बचाऔ र राजसंस्थाप्रति आस्था जगाऔ भन्ने उदेश्यका साथ नागरिकस्तरको सहभागीतामा त्रिशुल स्थापना गरिएको उनले बताए ।

गोदावरी नगरपालिकाको खुटियास्थित स्याउले बजारमा रहेको विश्वनाथ मन्दिरमा काठमाडौ निवासी समाजसेवी बन्दना राणाको सहयोगमा त्रिशुल राखिएको हो भने गोदावरीको गोरखधुनामा समाजसेवी गजेन्द्र चन्द (गज्जु) र राणाको सहयोगमा त्रिशुल स्थापना गरिएको बताईएको छ ।

ती स्थानमा त्रिशुल स्थापनाका लागि समाजसेवी गोकर्ण सिंहको टीमलाई जिम्मेवारी दिइएको थियो । सो टीमले एक हप्तामै त्रिशुल स्थापनाको काम सम्पन्न गरेको जनाईएको छ ।

हिन्दु धर्मको संरक्षण, यसको पहिचान र सम्बर्दनका लागि देशभरका शिव मन्दिरमा त्रिशुल स्थापनको अभियान क्रमश संचालन गर्दै जाने बताईएको छ ।

पछिल्लो समय पश्चिमा सस्कृतिको प्रभावले नेपालले आफ्नो वैदिक सनातनि धर्म सस्कार र सस्कृतिको अस्तित्व खतरामा पर्न गएको भन्दै यसप्रति नागरिकलाई उत्तरदायी र आस्थावान बनाउन प्रेरित गर्ने हेतुले यो कार्यक्रम निरन्तर गरिने बताईएको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्