बुटवलमा उपचार गराइरहेका दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बुटवल अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही जिल्लाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना संक्रमतिको मृत्यु भएको उक्त अस्पताल स्रोतले जनाएको छ ।

नवलपरासी रामग्राम नगरपालिका– ३ निवासी ४९ वर्षीय पुरुषको अस्पतालमा आज बिहान मृत्यु भएको हो । गत भदौ २७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको समस्या समसेत रहेको थियो । साथै, कपिलवस्तु बुद्धभूमि नगरपालिका– ६ निवासी ५० वर्षीय पुरुषको पनि आज विहानै मृत्यु भएको अस्पतालले जनाएको छ ।

यही असोज १ गते अस्पतालमा उपचारको लागि भर्ना भएका ती मृतकमा मधुमेहको समस्या समेत रहेको अस्पतालको भनाइ छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्