भिसा अवधि सकिएका २ लाखभन्दा धेरै श्रमिक विदेशमै अलपत्र

काठमाडौ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको उद्धारलाई सहज नबनाउँदा भिसा अवधि सकिएका २ लाखभन्दा धेरै श्रमिक स्वदेश फर्कन पाएका छैनन् ।

खाडी र मलेसियालगायतका मुलुकमा भिसा अवधि सकिएका श्रमिकहरू ओभरस्टेको चर्को जरिवानामा पर्न थालेका छन् । मानवअधिकार आयोगको अध्ययनले प्रतिदिन १५ सय श्रमिकको भिसा अवधि सकिन्छ ।

यस हिसाबले नेपालमा लकडाउन सुरु भएदेखि हालसम्म २ लाख ७५ हजार श्रमिकको भिसा अवधि सकिएको छ । तर, ६ असोजसम्म जम्मा ६३ हजार ५ सय मात्रै स्वदेश फर्किका छन् भने २ लाख ११ हजार ५ सय श्रमिक मुलुक फर्कन पाएका छैनन् ।

श्रमिकले सम्बन्धित मुलुकमा भिसा अवधि सकिएपछिको हरेक दिन ओभरस्टेको नाममा जरिवाना तिर्नुपर्ने हुन्छ । धेरै मुलुकले ओभरस्टेमा बसेका श्रमिकहरूलाई महामारीका सुरुका महिना छुट दिए पनि त्यसवेला सरकारले उद्धार गर्न नसक्दा उनीहरू जरिवानामा पर्न थालेका छन् ।

सरकारको उद्धार कार्य सुस्त हुँदा श्रमिकहरू ठूलो जरिवानामा पर्दै आएको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंहले बताए । श्रमिकहरूले सम्बन्धित मुलुकले दिएको जरिवाना छुटको सुविधा उपयोग गर्न नपाएको उनले बताए ।

कोभिड–१९ को संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै कतिपय मुलुकले अवैधानिक रूपमा बस्दै आएका श्रमिकलाई वैधानिक कागजपत्र बनाउनसमेत अवसर दिएका छन् । तर, सरकारले उडान संख्या र नेपाल फर्काउन श्रमिकको संख्यामा कोटा तोक्ने, नियमित उडान नगर्ने र सम्बन्धित मुलुकका एयरलाइन्सलाई उडान अनुमति नदिँदा श्रमिकहरूले छुट सुविधासमेत उपयोग गर्न नपाएको राजदूत सिंहले बताए ।

कोरोना संक्रमणका कारण रोजगारी गुमाएका श्रमिकमध्ये अझै ३ लाख ३४ हजार स्वदेश फर्कने पर्खाइमा छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार मलेसिया र खाडीका मुख्य गन्तव्य मुलुकमा १३ लाख ४८ हजार ८ सय ७२ श्रमिक छन् । जसमध्ये भिसा करार अवधि सकिएर नेपाल फर्कन सक्ने श्रमिकको संख्या भने १ लाख २७ हजार छ ।

त्यस्तै, रोजगारी गुमाएर नेपाल फर्कन सक्ने श्रमिकको संख्या २ लाख ८० हजार छ । यसरी नेपाल फर्कन सक्ने अनुमानित श्रमिकको संख्या भने ४ लाख ७ हजार रहेको बोर्डको तथ्यांक छ । यी मुलुकहरूबाट असोज ६ गतेसम्म ६३ हजार ४ सय ८७ श्रमिक नेपाल फर्किएका छन् ।

कोरोना संक्रमणका कारण रोजगारी गुमाएका श्रमिकमध्ये अझै ३ लाख ३४ हजार स्वदेश फर्कने पर्खाइमा छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार मलेसिया र खाडीका मुख्य गन्तव्य मुलुकमा १३ लाख ४८ हजार ८ सय ७२ श्रमिक छन् । जसमध्ये भिसा करार अवधि सकिएर नेपाल फर्कन सक्ने श्रमिकको संख्या भने १ लाख २७ हजार छ ।

त्यस्तै, रोजगारी गुमाएर नेपाल फर्कन सक्ने श्रमिकको संख्या २ लाख ८० हजार छ । नेपाल फर्कन सक्ने अनुमानित श्रमिकको संख्या भने ४ लाख ७ हजार रहेको बोर्डको तथ्यांक छ । यी मुलुकहरूबाट असोज ६ गतेसम्म ६३ हजार ४ सय ८७ श्रमिक नेपाल फर्किएका छन् भने समग्रमा ७२ हजार ९ सय ५० नागरिक नेपाल फर्किएका छन् ।( नयाँ पत्रिका दैनिकबाट )

 

 

 

 

प्रतिक्रया दिनुहोस्