दुखिको दाता बन्दै क्याप्टेन रमेश श्रेष्ठको दम्पति

काठमाडौ । भोजपुर जिल्ला घर भई हाल पुरानो बानेश्वर, भिमसेनगोला निवसी यति यएरका पाइलट रमेश श्रेष्ठ, उहाँका धर्मपत्नी भिषा कन्सल्ट्यान्टकाे लिला मास्के र उहाँहरुको समूहले स्थानीय क्लब किङ्गकम क्लबको सहकार्यमा लकडाउनका कारण काम गर्न नपएर समस्यामा परेकाहरूलाई यस लकडाउन शुरु भए देखि नै निरन्तर रुपमा ठाउँ ठाउँमा पुगेर झण्डै तिन हजार भन्दा बढि परिवारलाई सहयोग गरिसकेका छन् ।

यतिले मात्र नपुगेर अहिले फेरि निषेधाज्ञा सुरु भएपछि पनि बसुधा गोथानेज्यु र मधु गुरुङ्गज्यू संग मिलेर फेरि समस्यााा परेका सर्वसाधारणलाई सहयोग गर्न सुरु गर्ने भएक‍ा छन् ।

काेराेना भाइरसका कारण मुलुकमा लागेकाे लकडाउनले निम्न बर्गिय तथा दिन दिनै ज्याला मझदुरी गरि कमाई आफू र आफ्नो परिवार पाल्नेहरु माथि ठुलाे असर परेकाे थियो भने झन यस निषेधाज्ञाले त उनीहरूकाे दैनिक जीवनमा अभाव नै अभावले भरिएको दयनीय अवस्था समेत आउँन थालेकाे छ ।

पहिलो लकडाउनमा स्वंयम सकृय भएर किङ्गकम क्लबको सहकारेयमा हजारौं परिवारलाई उहाँहरुकै घर आगन सम्म खाद्यान्न पुर्याएर भोको पेटकालागि अन्न जुटाई दिनुका साथै पैसा नभएर गाउँ घर जान नसकेर बाध्य भएर हिडेर जाने, ओषधिसम्म पनि खान नसकिरहेका दिर्गकालिन बिरामीहरु लगायत कयौं बिद्यार्थी र गर्भवती तथा सुत्केरीहरुलाई पैशा दिएर समेत सहयोग गर्नु भएको थियो ।

उहाँहरुको समुहमा क‍ोही पनि राजनीतिक व्यक्तितब हुनुहुन्न र उहाँहरुले राजनीति गर्नका लागी यो राहत बितरण गर्नु भएको पनि हैन । यो त उहाँहरुको मानवता प्रतिको एउटा जिम्मेवार नागरिकले निभाउन पर्ने कर्तब्य अथवा दाईत्व मात्र हो । यसरी निस्वार्थ सेवा गर्न पहिला उहाँहरूले आफैंले पचास पचास  हजार उठाएर एक लाख पचास हजार बाट खाद्यान्न सहय‍ोग गर्ने काम सुरु गर्नु भएको थियो र पहिले पहिले त देश भित्र र देश बाहिर रहनु भएका सम्पुर्ण पाईलट  साथीहरूले सहयोग गर्न सुरु गर्नु भएको थिय‍ भने अहिले बसुधा गोथानेज्यू र मधु गुरुङ्ग जस्ता दया र मानव सेवाले भरिएको मनका धनी ब्यक्तित्वहरुले उहाँहरुलाई साथ दिन थाल्नु भएको छ ।

त्यसैले गर्दा अब दोश्रो चरणको यस आपतकालीन समयमा किङ्गकम क्लबबाट अध्यक्ष राजेश गुरुङ्ग, कृति फाउन्डेसनका अध्यक्ष गुणराज प्याकुरेल र नेपाल आमाको माटो बचाँउ अभियानका अध्यक्ष स्वर्ण बिक्रम शाहहरु जस्ता समाज तथा मानव सेवामा समर्पित जुजारु युवाहरुलाई साथ र सहयोग दिएर अगाडि बढ्दै हुनुहुन्छ ।

यसै कार्यक्रम अन्तरगत बसुधा गोथाने दिदिद्वारा सहयोजुटाई हिजोबाट नेपाल मेडिकल कलेजमा भर्ना भएका निम्न बर्गिए बिरामीका कुरुवाहरुलाई त्यहि अत्तरखेल निवासी रुबिना श्रेष्ठ बहिनीको संयोजकत्वमा खाना खुवाउन सुरु गर्नु भएको छ । हिज‍ो मात्र १४० जना बिरामी कुरुवाले यस कार्यक्रम अन्तरगत निसुल्क खाना खान पाएका छन ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्