चर्चित सर्जक हुम गैरेको दशैं आउँदा सार्वजनिक (भिडियो सहित)

काठमाडौं। चर्चित सर्जक हुम गैरेको शब्द अनि संगीतमा चर्चित गायिका कमला बि.सी.को मर्मस्पर्शी दशैं गीत ‘दशैं आउँदा’ बजारमा सार्वजनिक भएको छ ।

यो मर्मस्पर्शी गीत चर्चित गायक खुमन अधिकारी र गायिका कमला बि.सी.को स्वरमा सजिएको छ। हुम गैरेकै निर्देशन र सम्पादन रहेको यस गीतमा सर्जक तथा निर्देशक हुम गैरे, नायिका संचिता शाही र सिर्जना पाण्डेको जिबन्त अभिनय देख्न सकिन्छ । गरीबीका कारण नेपाली भूमि छोडेर परदेशीन बाध्य नेपाली दाजुभाई दिदिबहिनीको यथार्थ कथामा आधारित यो गीतलाई बसन्त मर्हजनले खिचेका हुन् भने म्युजिक एरेञ्ज चर्चित बाँसुरी बादक रत्न बि.क.ले गरेका हुन् ।
गीत संगीतको बजारमा सबैको मन जित्ने बिश्वास गरिएको ‘दशैं आउँदा’ गीतलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रया दिनुहोस्