सिमरामा जनतन्त्रिक मुक्ति मोर्चाको जनपरिचालन समिति गठन

सिमरा । जनतान्त्रिक तराई मुक्ति मोर्चाले प्रदेश नं २ अन्तर्गत बाराको सिमरा नगरपालिकाको वाड नं १० मा वडा जनपरिचालन समिति गठन गरेको छ । आइतबार एक कार्यक्रमका बीच मोर्चाले राजेश पासवानको संयोजकत्वमा १२ सदस्यीय वडा जनपरिचालन समिति गठन गरेको जनाएको छ ।

जसको सदस्यहरुमा मन्जु देवी साह,संगीता देवी यादव, सविता देवी पासवान, मोहन दास, मनु महतो, प्रेम पासवान, सोनेलाल साह, श्यामबालक पासवान, सुरेश महतो,बिरबल पासवान र सोहन पासवान रहेका छ्न ।

संवैधानिक राज-संस्था र धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, मानवतावादमा आधारित पूर्ण समतामूलक देश र समाज निर्माण, पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, स्वायत्तता र आत्मनिर्णयको अधिकार सहितको बैज्ञानिक संघीय संरचना सहितको जनतान्त्रिक शासन ब्यवस्था स्थापनाको न्युनतम लक्ष्यका साथ संगठन विस्तार र आन्दोलनको तैयारीमा जुटेको जनतान्त्रिक तराई मुक्ति मोर्चाको संगठन गाउँ-टोलसम्मै विस्तार हुँदै गएको जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय जनतान्त्रिक गठबन्धन र राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” ले जानकारी दिए ।

 

 

 

प्रतिक्रया दिनुहोस्