देशभर थप १,३५१ जनामा कोरोना संक्रमण पुष्टि,मृत्यु हुनेको सङ्ख्या ४८१ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १,३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १,३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ७४२ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्अ । अहिलेसम्म कोरोना निको हुनेको संख्या भने ५४ हजार ६४० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ६ हजार ३१० जना रहेका छन्।

 

 

 

प्रतिक्रया दिनुहोस्