कोहलपुरमा बाह्र वर्षीया एक बालिकाद्वारा झुण्डिएर आत्महत्या

कोहलपुर । बाँकेको कोहलपुरमा एक बाह्र वर्षीया बालिका मृत अबस्थामा भेटिएकी छ्न । कोहलपुर १२ स्थित मसुरीखेत निवासी स्थानिय रेशम रानाकी छोरी चन्द्रकला राना मंगलबार दिउँसो घर पछाडी डुम्रीको रुखमा नाम्लोको डोरी लगायर मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कोहलपुर प्रहरीका अनुसार उनले आत्महत्या गरेको हुनसक्ने जनाईएको छ । मृतककी एक दिदी, हजुरआमा छन् भने आमाबुबा दुबैजना विदेशमा छन् ।

घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा यतिबेला प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्