अन्ततः १५ मिनेटमै कोरोना भाइरस पत्ता लगाउने प्रविधिको विकास

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परीक्षण गरेको १५ देखि ३० मिनेटभित्र कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने प्रविधि विकासले न्यून र मध्यम आय भएका मुलुकलाई निकै ठूलो राहत दिने बताएको छ ।

विशेषगरी स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा यो प्रविधि कोशेढुंगा साबित हुनेछ । यसका लागत ५ डलर मात्र पर्नेछ । डब्ल्यूएचओले १३३ भन्दा बढी मुलुकमा यो प्रविधि पुर्‍याउने बताएको छ ।

उत्पादकहरूसँगको एउटा सम्झौता अनुसार उनीहरूले ६ महिनाभित्र १२ करोड वटा त्यस्ता परीक्षण उपकरण उपलब्ध गराउने बिबिसीले उल्लेख गरेकाे छ । डब्ल्यूएचओका प्रमुखले यो कोरोना भाइरस नियन्त्रणका लागि कोसेढुंगा साबित हुने बताए ।

हाल परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्ने गरेको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्