भारतीय उपराष्ट्रपति वैंकया नायडुलाई कोरोना संक्रमण पुष्टि

काठमाडौ । भारतीय उपराष्ट्रपति वैंकया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति नायडुलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतीय उपराष्ट्रपतिको सचिवालयले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिएको छ ।  सचिवालयको ट्विटमा भनिएको छः ‘भारतका उपराष्ट्रपतिको आज बिहान नियमित कोरोना परीक्षण गरिएको थियो, नतिजा पोजेटिभ आएको छ । यद्यपि, उहाँमा कुनै लक्षण देखिएको छैन, उहाँ अहिले स्वस्थ हुनुहुन्छ ।’

साथै उनलाई होम क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको छ ।  उनकी श्रीमती उषा नायडुको पनि कोरोना परीक्षण गरिएको थियो, उनको रिपोर्ट भने नेगेटिभ आएको छ । उनी पनि अहिले सेल्फ आइसोलेसनमा छिन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्