सम्झना विकको बलात्कार पछि त्रिशूलले रोपेर हत्या भएको खुलासा

बझाङ । असोज ७ गते बुधबार साँझ बझाङको मस्टा गाउँपालिका २ मा गाईबस्तुलाई घाँस हाल्न गएकी १२ बर्षीया सम्झना विकको बलात्कार पछि हत्या भयो ।

घटनाको जनाकारी पाएलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले सम्झनाको पहिले बलात्कार र त्यपछि मन्दिर भित्र रहेको त्रिशुलले रोपेर हत्या गरेको निश्कर्ष निकालेको छ ।

प्रहरीले हत्या आरोपमा पक्राउ परेका स्थानिय १८ बर्षीया किशोर राजेन्द्र बोहोराको बयान र अन्य प्रमाणका आधारमा सम्झनाको बलात्कार पछि त्रिशूलले रोपेर विभत्स हत्या भएको निश्कर्ष निकालेको हो ।

अहिले राजेन्द्र माथि जबरजस्ती करणी र ज्यान मुद्दा दर्ता भइसकेको छ । राजेन्द्र यसअघि पनि बलात्कार, चोरीलगायत आपराधिक घटनामा मुछिइसकेका व्यक्ति हुन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्