थप २,२५३ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या ५३५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २,२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २,२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । उनीहरुमध्ये ५३५ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ७८४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप १,३२९ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ४ हजार २०३जना रहेका छन्।

 

 

 

 

प्रतिक्रया दिनुहोस्