गोरु काट्ने व्यक्तिलाई एक वर्ष नौ महिना जेल सजाय

दैलेख । दैलेखमा गोरु काटेका व्यक्तिलाई एक वर्ष नौ महिना जेल सजाय तोकिएको छ ।

गोरु काटेको आरोप लागेका एक जनालाई दैलेख जिल्ला अदालतले एक वर्ष नौ महिना कैद सजाय सुनाएको छ । दैलेख जिल्ला अदातलले गोरु काटेको आरोपमा भैरवी गाउँपालिका – २ का राजेश विष्टलाई यस्तो सजाय गरेको हो ।

गत २६ भदौमा विष्टले भैरवी गाउँपालिका- २, रावतकोटका सोविन थापाको बारीमा बाँधिराखेको गोरु काटेका विष्टलाई एक वर्ष नौ महिना कैद सजाय र ४० हजार क्षतिपूर्तिको फैसला गरिएको दैलेख जिल्ला अदालतका स्रेस्तेदार ईन्द्रबहादुर कार्कीले बताए ।

 

 

 

प्रतिक्रया दिनुहोस्