आफ्नै छोराले गरे बाबुको हत्या

गुल्मी । आइतबार राति गुल्मीको इस्मामा छोराको आक्रमणबाट बाबुको ज्यान गएको छ ।

प्रहरीका अनुसार इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ टोलका ६० वर्षीय दिलबहादुर बस्नेतलाई उनकै छोरा अनिल बद्नेतले धारिलो हतियारले आक्रमण गर्दा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदार राज पन्तका अनुसार मरणासन्न अवस्थामा रहेका उनलाई उपचारका लागि पाल्पा पठाइएको र त्यहाँबाट बुटवल पठाउने क्रममा गए राति नै मृत्यु भएको हो ।

आइतबार साँझ करिब ७ बजेको समयमा अन्दाजी २५ वर्षीय छोरा अनिलले मदिरा सेवन गरी विवाददका क्रममा बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्