मोहन्यालमा आन्तरिक द्वन्द ; अध्यक्षको कार्यशैलीप्रति जनप्रतिनिधि र कर्मचारी असन्तुष्ट

बौनिया,कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा जनप्रतिनिधिहरु बीच शीत युद्ध चलेको छ । कार्यलय संचालन, सेवाग्राहीको काम ,कर्मचारी व्यवस्थापन तथा विकास निर्माणका सवालमा समेत विगत लामो समयदेखि नै विवादमा मुछिदै आएको मोहन्याल गाउँपालिकामा पुनः जनप्रतिनिधि बीच विवाद चुलिएको छ ।

गाउँपालिका अध्यक्ष नवल सिंह रावलले एकलौटी रुपमा मनोमानी तरिकाले कार्य गर्ने गरेको भन्दै उपाध्यक्षसहित ७ वटै वडा अध्यक्षहरुले चरम असन्तुष्टि सहितको ध्यानाकर्षण पत्र बुझाएका छ्न । जसमा उपाध्यक्ष पुजादेवी बुढामगर र वडा नम्बर एकदेखि ७ सम्मका वडा अध्यक्ष तथा ६ जना कार्यपालिका सदश्यहरु छ्न ।

उनीहरूले गाउँपालिका अध्यक्ष रावलको मनोमानी कार्य संचालनले कामगर्न असहज भएको, सेवाग्राहीलाई सेवा प्रदानना कठिनाइ हुँदै आएको बताएका छ्न भने विकास निर्माणका काम समेत विगतदेखि अस्तव्यस्त हुँदै आएको जनाएका छ्न ।

यसैगरी गाउँपालिका अध्यक्ष रावलले एकलौटी मनोमानी तरिकाले गैरकानुनी रूपमा कैलालीको लम्कीमा एक स्थानीयको घरबाट छाया कार्यलय संचालन गर्ने गरेको, आफू अनुकुलको काम नगर्ने कर्मचारीमाथि अभद्र व्यवहार गर्ने गर्नेको, आफू अनुकुल काम गर्ने कर्मचारीको एक समुहलाई काखी च्यापेर काम गर्ने गरेको, कर्मचारीलाई पटकपटक मानसिक दवाब दिने गरेको आरोप समेत लगाएका छ्न ।

साथै ध्यानाकर्षण पत्रमा अबको १० दिनभित्र पालिकाको बैठक कार्यालयमै बोलाउन, गैरकानुनी रूपमा बाहिर कार्यालय संचालन नगर्न, आफ्नो निहित स्वार्थमा अघि बढ्न नहुने लगाएतक १२ बुदेमागसहित गाउँपालिका अध्यक्ष रावललाई चेतावनी दिइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्