थप १,५५१ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या ५६३ पुग्यो

कोरोना भाइरसबाट निको हुनेको संख्या ६७ हजार नाघ्यो ;स्वास्थ्य मन्त्रालय

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १,५५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १,५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । उनीहरुमध्ये ५६३ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप २,३२४ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ६७ हजार ४२ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ जना रहेको मन्त्रालयले जनाएको छ भने ४ हजार २२१ जना क्वारेन्टाइनमा रहेका छन्।

 

 

 

प्रतिक्रया दिनुहोस्