आजको मौसम : सामान्य बदलीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभरको मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि केही जिल्ला र प्रदेशहरुमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्