लम्कीमा राप्रपाका दुईजना कार्यकर्ता माथि निर्घात कुटपिट ,उपचारका लागि कोहलपुर ल्याइयो

बौनिया,कैलाली । कैलालीमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका दुईजना जिल्ला सदस्यमाथि निर्घात कुटपिट भएको छ । कैलालीको मोहन्याल गाउँपालिका स्थित आमपानी पिक्निक स्पोर्ट्स बाट फर्किने क्रममा लम्की नजिक (राप्रयुसं )का जिल्ला सदस्य पदम साउद र दिनेश बुढामाथि निर्घात कुटपिट भएको हो ।

आमपानीबाट टीकापुर घरतर्फ फर्किने क्रममा साउद र बुढामाथि मोटरसाइकलमा आएको अज्ञात समूहले शनिबार राती ७ बजे निर्घात कुटपिट गरेको हो । कुटपिटबाट दुबै जना गंभीर घाइते भएको र उनीहरूलाई उपचारका लागि कोहलपुर पठाइएको (राप्रयुसं )का कैलाली जिल्ला अध्यक्ष दिनेश बमले हिमाली टाइम्सलाई जानकारी दिए ।

मोटरसाइकलमा आएको अज्ञात समुहले उनीहरूलाई चारै तर्फबाट घेरा हाली कुटपिट गरेको बताइएको छ ।

यसैगरी उक्त घटनामा संलग्नलाई यथासक्य पक्राउ गरि कारबाही गर्न राप्रयुसं जिल्ला कार्य समिती कैलाली प्रहरी प्रशासनलाई आग्रह समेत गरेको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्