नेपाल राष्ट्र बैंकमा एकै दिन १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकै दिन १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । केन्दीय बैंक काठमाडौंको बालुवाटार र दरबारमार्ग कार्यालय गरी १० वटा विभागका कर्मचारीमा आइतबार कोरोना पुष्टि भएको हो ।

यस अघि पनि राष्ट्र बैंकका कर्मचारी र उनका परिवार गरी कुल १०६ जना कर्मचारी कोरोना संक्रमित भइसकेका थिए । राष्ट्र बैंक स्रोतका अनुसार शनिबार पिसिआर परीक्षण गराएमध्ये १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै राष्ट्र बैंकका ८० जना कर्मचारी र ६१ जना परिवारका सदस्य गरी १ सय २१ कोरोना संक्रमित भइसकेका छन् ।

आइतबार कोरोना पुष्टि भएका कर्मचारीहरु भने राष्ट्र बैंक बैंकिङ विभाग, मुद्रा व्यवस्थापन विभाग, मानव संसाधन तथा व्यवस्थापन विभाग, कर्पोरेट प्लानिङ विभाग, आइटी विभाग, विकास बैंक सुपरिवेक्षण विभाग, गभर्नर कार्यालय र टकसाल डिभिजनका कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।

जसमध्ये एक जना कार्यकारी निर्देशक समेत परेका राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्