दोदोधरा स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा स्वास्थ्य चौकीमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

स्वास्थ्य चौकीमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि अत्यावश्यक सुरक्षीत मातृत्व बाहेकका सबै सेवा अनिश्चितकालीनका लागि बन्द गरिएको हो ।

स्वास्थ्य चौकीले आइतबार एक सुचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्म सेवा प्रवाह बन्द गरिएको जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्