विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० लाख ८५ हजार नाघ्यो

काठमाडौँ । विश्वमा एकैदिन २ लाख ७२ हजार ७८२ संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा ३ हजार ६९७ जनाले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ८० लाख २९ हजार २१७ पुगेको छ ।

अहिलेसम्म १० लाख ८५ हजार ९२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । संक्रमित २ करोड ८५ लाख ८७ हजार ८९८ जनाले कोरोनालाई जितेका छन् । विश्वमा ८३ लाख ५६ हजार २२७ जनामा सक्रिय संक्रमण छ ।

संक्रमित ६९ हजार ११७ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा ८० लाख ३७ हजार ७५७ जना संक्रमित भएका छन् । जसमध्ये २ लाख २० हजारले ज्यान गुमाएका छन् ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्