कार्तिक ६ गतेसम्म कोहलपुर नगरपालिका शील (सूचनासहित)

कोहलपुर । कोरोना भाइरसको जोखिम बढेपछि कोहलपुर नगरपालिका अन्तर्गतका सवै कार्यालयहरु शील गरिएको छ ।

नगर प्रमुख लुट बहादुर रावतको संयोजकत्वमा बुधवार बसेको आकस्मिक बैठकले कार्तिक ६ गतेसम्म नगरकार्यपालिका अन्र्तगतका सबै कार्यालयहरु शील गर्ने निर्णय गरेको हो ।

वैठकले बुधबारदेखि कार्तिक ६ गतेसम्मका लागि अत्यावश्यक सेवा वाहेक सबै वडा कार्यालयहरु, विषयगत शाखाहरु र नगर कार्यपालिकाको कार्यालय शील गर्ने निर्णय गरेको जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरसकोे संक्रमण नगर क्षेत्रमा बढिरहेको र नगरपालिकामा कार्यरत केही कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टि भएपछि सेवाग्राहीमा संक्रमण फैलन नदिन यो निर्णय गरिएको बताइएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्