कर्मचारीमा कोरोना देखिएपछि आन्तरिक राजस्व कार्यालय सुर्खेतले नियमित सेवा बन्द

सुर्खेत । आन्तरिक राजस्व कार्यालय सुर्खेतले नियमित सेवा बन्द गरेको छ ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्युतीय बाहेकका अन्य सेवा बन्द गरेको हो ।

कोरोना भाइरसको संक्रमण कार्यालयमा पनि देखा परेको हुँदा अन्य कर्मचारीको स्वाब संकलनको नतिजा नआएसम्म नेपाल सरकारको जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डलाई मध्यनजर गर्दै अत्यावश्कीय विद्युतीय सेवा बाहेकका अन्य सेवा बन्द गरिएको’ कार्यालयले सूचना जारी गरेको छ ।

सूचनामा ‘राजस्व संकलनको सम्पूर्ण कार्य बैंकिङ्ग प्रणालीबाट हुने भएकोले सो सेवा नियमित सञ्चालन हुने र करदाताले विद्युतीय सेवाको वेबसाइटमा नियमित कामकाज गर्न सकिने’ जनाइएको छ ।

अर्को सूचना नआउन्जेलसम्मका लागि सेवा बन्द गरिएको जानकारी गराइएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्