८६ लाखभन्दा बढी रकम भ्रष्टाचार गर्ने टेलिकमका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्दै नेपाल टेलिकमका एक कर्मचारीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

बिहीबार अख्तियारले नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछानेविरुद्ध विशेष अदालतमा सो मुद्दा दायर गरेको हो । लामिछानेले ८६ लाख ८८ हजार १३२ रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

त्यस्तै, आजै जनकपुरधाम उपमहानगरपालिकाका उक वडाध्याले २४ हजार घुस लिएका भन्दै अर्को आरोपपत्र पनि दायर भएको छ । १३ नं वडा कार्यालयका वडा अध्यक्ष शुभ नारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पञ्‍जियारमाथि जनही २४ हजार घुस लिइ भ्रष्टाचार गरेको भन्दे मुद्दा दायर भएको हो ।

यता काभ्रेको रोशी गाउँपालिका इन्जिनियर निर्मल लामा स्याङ्तानसहित ३ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ । अख्तियारले उनीहरुलाई  ७ लाख ८४ हजार ४४६ रुपैयाँ सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्