सुर्खेतमा २२ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

वीरेन्द्रनगर । सुर्खेतमा २२ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका २ का २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

युवकको मृत्युपछि आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।  ती युवक असोज २८ गते शौचालयमा बेहोस भएका थिए । उनी आफन्तकोमा बसेर अध्ययन गर्दै आएका थिए । स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

श्वास्प्रश्वासमा समस्या देखिएकाले उनलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्