रेम्डेसिभिर औषधि आयात तथा विक्रीका लागि तीनवटा कम्पनीलाई अनुमति

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि आयात तथा विक्रीका लागि तीनवटा कम्पनीलाई अनुमति दिएको छ ।

मन्त्रालयलले ललितपुरमा रहेको यति फार्माकेम डिस्ट्रब्युर्टस प्रालि, काठमाडौंमा रहेको सिनर्जी ओभरसिस् प्रालि र भारतमा रहेको हेट्रो ल्याब्स् लिमिटेडलाई रेम्डेसिभिर औषधि आयात र बिक्रीका लागि अनुमति दिएको हो ।

स्वास्थ्य मन्त्रालयले यी तीनैवटा कम्पनीलाई रेम्डेसिभिर औषधि आयत र विक्रीका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको बताएको छ ।

कोभिड १९ उपचार गर्ने अस्पतालले बिरामीका लागि प्रयोग गरे अनुसार ती फर्म तथा फार्मेसिहरुबाट सहज रुपमा खरिद गरी प्रयोग गर्न सकिने छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्