५.२ रेक्टर स्केलको भुकम्पको धक्का महसुस

काठमाडौ । अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसिएस) ले जानकारी दिएको छ । भूकम्पले के कति क्षति भयो भन्ने बारे केही जानकारी आइसकेको छैन ।

भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दुकुश क्षेत्र रहेको जनाइएको छ ।  ५.२ रेक्टर स्केलमाथिका भूकम्पका झड्का निकै शक्तिशाली मानिन्छन् ।

 

 

प्रतिक्रया दिनुहोस्