खैरो हिरोइनसहित कंचनपुरमा चारजना पक्राउ

कञ्चनपुर । खैरो हिरोइनसहित कंचनपुरमा चारजना पक्राउ परेका छ्न । कञ्चनपुरको पुनर्वासबाट प्रहरीले ठूलो मात्रामा खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र लागुऔषध नियन्त्रण व्युरो कञ्चनपुरको संयुक्त टोलीले गएराति कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर छ ङ गाउँबाट ४४ ग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुनर्वास चारका दिनेश भट्ट, बेलौरी एकका रमेश रावत, गगन शाही र रोशन शाही रहेका छन् । चारैजनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्