कैलालीमा मठमन्दिरमा पूजापाठ गर्न र भेला भई दशैको शुभकामना समेत दिन नपाईने (सूचनासहित )

धनगढी,कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले कोतोना संक्रमणको जोखिमका नाममा घटस्थापनादेखि दशमीसम्म विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा पूजाअर्चना गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै जिल्लामका मठ मन्दिरमा पूजापाठ गर्न नपाइने जनाएको हो । प्रशासनका अनुसार जिल्लाका सबै शक्तिपिठ र मन्दिरहरुमा पुजारीले गर्ने नित्य पूजा/पाठ बाहेकका मानिस भेला जम्मा हुनेगरी कुनै प्रकारका पूजा अर्चना, भजन, किर्तन, वली लगायतका कुनै कार्य गर्न पाइने छैन ।

यसैगरी सामूहिक भेला भएर शुभकामना आदानप्रदानका कार्यक्रम गर्न समेत रोक लगाएको छ भने राजनीतिक दल, संघसंस्था, क्लब, समूह र सञ्जालहरुलाई भेला भएर शुभकामना आदानप्रदानमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै संक्रमणको जोखिमबाट बच्न समेत जिल्लाबासीलाई अनुरोध गरिएको छ।

दशैँ तिहारका बेला भीडभाड तथा आवागमन बढ्दा कोरोनाको जोखिम समेत बढ्ने भएकाले स्थानीय प्रशासनले अहिले जारी निषेधाज्ञाको स्वरुप समेत परिवर्तन गर्ने समेत जनाएको छ।

निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै प्रमुख जिल्ला अधिकारीले आजै अर्को आदेश जारी गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

 

 

प्रतिक्रया दिनुहोस्