वडा अध्यक्ष खतिवडाद्वारा कालिका मन्दिर उद्घाटन ,कट्टिपुरमा १५ शैयाको अस्पताल बनाउने घोषणा

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका १ स्थित नमुनानगरमा निर्मित कालिका माता मन्दिरको उद्घाटन गरिएको छ । सुदुरपश्चिम् प्रदेश सरकारको साढे चारलाख र झण्डै सवा एकलाख जनश्रमदानमा उपभोक्ता समितिमार्फत कालिका माता मन्दिर निर्माण गरिएको थियो ।

हिन्दु नेपालीहरुको महान चाड बडादशैँको पहिलो दिन घटस्थापनाको अबसरपारी धार्मिक विधिसहित शनिबार कालिका मन्दिरको उद्घाटन बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडाको प्रमुख आथित्यतामा गरिएको हो । मन्दिर उद्घाटन गर्दै वडा अध्यक्ष खतिवडाले बिजया दशै, दिपावली र छठ पर्वको शुभकामना दिदै कोरोना संक्रमाणको घडीमा साबधानीका साथ चाडपर्व मनाउन आग्रह गरे ।

उनले वडाको विकास निर्माण र समृद्धिका सवालमा आफू प्रतिवद्द रहेको दावी गर्दै नागरिक स्तरमा समेत खबरदारी र सहयोग आवश्यक रहेको बताए । वडाको धार्मिक ,सास्कृतिक ,शिक्षा ,स्वास्थ्य र खानेपानी लगाएतका क्षेत्रको विकासका लागि आफुले बजेटको कमि हुन नदिने भन्दै जनस्तरबाट समेत सहयोगको निरन्तर अपेक्षा गरेको बताए ।

यसैबीच वडा अध्यक्ष खतिवडाले बर्दगोरिया १ कट्टिपुरमा १५ शैयाको अस्पताल बनाउने घोषणा समेत गरेका छ्न । कट्टिपुरमा रहेको राजकुला सामुदायिक वनको केही क्षेत्र उपयोग गरि यहाँका नागरिकको स्वास्थ्यका लागि यो कार्य अगाडि सारेको हो अध्यक्ष खतिवडाले भने अस्पताल निर्माणको प्रारम्भिक काम यसैवर्षबाट सुरु गर्नेछु ।

उनले यहाँका नागरिकले वर्षौंदेखि स्वास्थ्य उपचारका लागि कहिले धनगढी त कहिले कोहलपुर ,नेपालगन्ज जानुपर्ने वाध्यता रहेको बताउदै यसको समाधान अब आफ्नै कार्यकालमा सक्ने दावी पनि गरे । वडा अध्यक्ष खतिवडाले पहिलो चरणमा पाँच शैयाको अस्पताल र चिकित्सकको काम गरिने र त्यसपस्चात बाकी काम गरिने बताए । अस्पताल निर्माणका लागि आफू लामो समयदेखि लागि परेको भन्दै उनले यसमा बजेटदेखि सबै व्यवस्थापन गरेरै छोड्ने बताए ।

पुर्वपश्चिम महेन्द्र राजमार्गदेखि नजिक र रिण रोडसंग जोडिएको हुँदा अस्पताल निर्माणका लागि राजकुला सामुदायिक वन उपयुक्त हुने बताए । अस्पताल निर्माणपछि यस क्षेत्रका नागरिकले उपचारका लागि बाहिर जानुपर्ने वाध्यता हट्ने बताए ।

कालिका माता मन्दिर उपभोक्ता समितिका अध्यक्ष मोहन तिरुवाको सभापतित्वमा भएको कार्यक्रममा यहाँका विभिन्न संघ/संस्थाका प्रमुख तथा प्रतिनिधि ,विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्