कोरोनाका कारण पूर्वराजा शाहद्वारा दशैमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम यसवर्ष स्थगित

काठमाडौ । कोरोना संक्ररमणलाइ मध्यनजर गरि पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगर्ने भएका छन् ।

पूर्वराजाको सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।  सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निर्णय गरिएको छ ।’

यसका अलवा सो विज्ञप्तिमा शाहले महाअष्ठमीका दिन विभिन्न शक्ति पीठहरुको दर्शन गर्ने र विजया दशमीका दिनमा टीका प्रदान गर्ने कार्यक्रम नहुने उल्लेख छ ।

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्